नियमित सरुवा रोकेर गृहले गर्‍यो २५ डीएसपीहरुको काज सरुवा : भारती म्याग्दीमा, शाह सोलुखुम्बुमा, अरु को कहाँ ?


काठमाडौं – स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गृहमन्त्रालयले नेपाल प्रहरीका डीएसपीहरुको काज सरुवा निकालेको छ। नियमित रुपमा हुँदै आएको सरुवालाई रोकेर प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको काज सरुवा गरेको हो।

काज सरुवा भएर डीएसपी तिलक भारतीलाई म्याग्दीमा खटाइएको छ। त्यस्तै सुनलिजंग शाहलाई सोलुखुम्बुमा, जागरकोटमा सन्तोष निरौलाा र ओखलढुंगामा सुकदेव खनाललाई खटाइएको छ।

हेर्नुहोस् कसको कहाँ सरुवा भयो ?

गृहमन्त्री बालकृष्ण खाणले हिजो (मंगलबार) मात्रै दोलखा र पर्वतका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरेका थिए। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ। यसका लागि निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्नेछ। सरकारले आचारसंहिता लागू हुनुभन्दा अगावै ठूलोमात्रामा प्रहरी प्रशासन क्षेत्रका कर्मचारीको सरुवाको तयारी गरिहेको छ।

प्रतिक्रिया