


नेपाल भ्रमणमा रहेका चिनियाँ उच्चस्तरीय टोली स्वदेश फिर्ता

काठमाडौँ – गत आइतबार चार्टर विमानबाट नेपाल आएका चिनियाँ विदेश विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली बुधबार बिहान स्वदेश फर्किएको छ ।
चार दिनको नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भ्रमण सकेर स्वदेश फर्केको हो ।
सो टोलीले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका नेता डा। बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो ।

