

अब बस्ने संसद् बैठकबाट नागरिकता विधेयक पारित हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै नागरिकता विधेयक पारित हुने बताएका हुन् ।
लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । जसको कारण लाखौ जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकताबाट बञ्चित छन् ।
अर्को प्रसंगमा प्रचण्डले मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने बताएका छन् ।

