एमालेको पोलिटव्युरो बैठक कार्की व्यांक्वेटमा जारी


काठमाडौ – नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक बबरमहलको एक व्यांक्वेटमा बसिरहेको छ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न आज (सोमबार) बबरमहलस्थित कार्की व्यांक्वेट बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यसै गरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।

प्रतिक्रिया