निर्वाचनबारे रणनीति बनाउन एमालेकाे पाेलिटब्युराे बैठक बस्दै


काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

समसामयिक राजनीतिक परिस्थिति र स्थानीय तह निर्वाचनको तयारीका बारेमा बैठकमा छलफल हुने उनले बताए । पोलिटब्युरोमा १९ पदाधिकारी र २६ स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।

प्रतिक्रिया