प्रधानमन्त्री देउवा मोरङ जाँदै, मोरङकै लेटाङमा आजै कर्फ्यु जारी


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदै छन्। त्यहाँको सुन्दरहरैँचामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा मोरङ जान लागेका हुन्।
आजै मोरङको लेटाङ क्षेत्रमा भने अहिले बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटनाको विषयमा झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि प्रशासनले कर्फ्यु आदेश गरेको हो।

आज देउवाको कार्यक्रम र लेटाङ भने केही टाढा दूरीमा पर्छ। देउवा सुन्दरहरैँचा ९मा रहेको कृषि बजार परियोजनाको शिलान्यास कार्यक्रममा सहभागी हुँदैछन्। त्यस्तै हरैँचामा बनेको नगर अस्पतालको पनि उनले उद्घाटन गर्नेछन्।

प्रतिक्रिया