१८ महिने शिशुको हत्या आरोपमा २ जना पक्राउ


मोरङ – मोरङ सुन्दरहरैंचाकी १८ महिने शिशुको हत्या अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीका अनुसार प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएको जनाउँदै आज (आइतबार) दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए।

शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी सुन्दरहरैंचा–७ की १८ महिने नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो।

घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्। थप उपचारका लागि अस्पताल लगिएकी ती बालिकाको शनिबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया