
काठमाडौं महानगरको चुनावमा कांग्रेस नगर समिति केन्द्रित : मेयरमा कसले मार्ला बाजी?
काठमाडौं – स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा देशकै केन्द्र काठमाडौं महानगरको भावी मेयरको विषयमा पनि चर्चा शुरु भएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर गुमाएको सत्तारुढ दल नेपाली कांग्रेस यसपटक कुनै हालतमा काठमाडौं महानगरमा जित हासिल गर्ने गृहकार्यमा जुटेको छ । काठमाडौं महानगर समितिले यसपटक नगरका सबै वडासहित मेयर, उपमेयर जिताउनका लागि टोलटोल केन्द्रित कार्यक्रमको तयारी गरिरहेको नगर सचिव सुशन वैद्यले बताए ।
उनले स्थानीय निर्वाचन लक्षित गर्दै नगर समितिले ५ वटा उपसमिति समेत गठन गरिसकेको जानकारी दिए । “पार्टीले घरघर जाऔं, कांग्रेस जिताऔं अभियान घोषणा गर्नुअघि र्नै हामीले आन्तरिक तयारी थालिसकेका थियौं । केही विभाग समेत गठन भइसकेको छ,” सचिव वैद्यले भने, “ कांग्रेसले महानगरमा ठुलठुला कुरालाई चुनावी नारा बनाउँदैन । हामी काठमाडौंलाई बर्र्साै बसौं लाग्ने शहर कसरी बनाउने ? त्यसतर्फ यानेजनासहित प्रस्तुत हुन्छौं । सम्पदा संरक्षणसहित काठमाडौंलाई रथ तान्ने र रथ हेर्नेहरुदुवैले आफ्नै महसुस गर्ने नगर बनाउने योजना सहित मतदाताकोमा पुग्छौं ।”
मेयरमा जसको चर्चा छ काठमाडौं महानगसरको मेयरमा कांग्रेसभित्र अहिलेका उपमेयर हरिप्रभा खड्गी, नगर सभापति निलकाजी शाक्य र नगर सचिव सुशन वैद्यको चर्चा छ । महिला पनि भएको र उपमेयर भइसकेकाले खड्गीलाई स्वभाविक दाबेदारका रुपमा हेरिएको छ । तर, यसअघि काठमाडौंमा कमजोर दल राप्रपाको उमेदवारसँग प्रतिस्पर्धा हुँदा सहज रुपमा जितेपनि मेयरमा भने उनलाई सहज नभएको ठान्नेहरु पनि कांग्रेभित्र देखिन्छन् । अर्का दाबेदार हुन्, काठमाडौं कांग्रेस महानगर समितिका सभापति निलकाजी शाक्य ।
वडा अध्यक्ष रहेका शाक्य को काठमाण्डौको पुरोनो वस्ती वडा १२ १४, १७ १८ २५ मा बलियो प्रभाव देखिन्छ। शाक्य उमेदवार बन्दा नेवार समुदायको मत पाउने विश्लेषण कांग्रेसभित्र छ । अहिलेका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले पनि मेयरमा गृहकार्य गरिरहेका छन् । प्रदेश सांसद वैद्य सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । त्यस्तै, कांग्रेस काठमाडौंका पुराना नेता तिर्थराम डँगोलले पनि मेयरमा रुची देखाएका छन् ।
यसअघि रञ्जु दर्शना,किशोर थापाहरुले ल्याएको मतलाई हेर्दा कांग्रेसभि युवा मत कसरी ल्याउने भन्ने चिन्ता पनि देखिन्छ । बालेन शाह देखि राजेश हमाल सम्मको चर्चा मेयरको रुपमा भइरहँदा पुराना अनुहार भन्दा नयाँ अनुहारलाई अवसर दिँदा परिणाम ल्याउन सुहज हुने मत पनि कांग्रेसभित्र देखिएको छ । युवा अनुहारमा ०७४ को स्थानीय निर्वाचनमा पनि मेयरमा दाबी गरेका इञ्जिनियर सुशन वैद्यको नाम चर्चामा छ । अहिले काठमाडौं कांग्रेस महानगरसमितिको सचिव रहेको, सम्पदा संरक्षणमा समेत काम गरेको र इन्जिियर भएकाले अस्तव्यस्त काठमाडौं व्यवस्थापन गर्नसक्ने ठानिएकाले पनि वेदको सम्भावना रहेको कांग्रेसका युवाहर बताउँछन् ।
नयाँ मतदातालाई आकर्षित गर्न पनि युवा उमेदवार दिनुपर्नेमा कांग्रेस कार्यकर्ताहरु छन् । यसअघि पनि मेयरका रुपमा चर्चा भएका अहिलेका कांग्रेस नगर सचिव सुशन वैद्यलाई उमेदवार बनाउँदा जित निकाल्न सहज हुनेमा कांग्रेसका पुराना पुस्ता पनि देखिन्छन् । काठमाडौं महानगर वडा नं ७ का एक पुराना स्थानीय नेताले नाम नलेख्ने शर्तमा भने,“युवा पनि हो, पार्टीमा दुख पनि गरेको छ । सुशनलाई दिँदा कांग्रेसको पक्षमा माहोल देखिन्छ । ” पेशाले आर्किटेक्ट इन्जिनियर वैद्य काठमाडौंकै रैथाने हुन् । उनी रानीपोखरी र टुंडिखेल बचाउ अभियानमा नेतृत्व गरेका कारणले पनि चर्चामा छन् ।



कागजपत्र |
