नेपाल युवा संस्था सञ्जालकाे अध्यक्षमा विकल राई


काठमाडौं- नेपाल युवा संस्था सञ्जाल आयाेनकाे अध्यक्षमा विकल राई चयन भएका छन् । आयाेनकाे शनिबार सम्पन्न १५ ओेेँ साधारणसभाले राईकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे । खाेटाङ स्थायी घर भएका अध्यक्ष राई लामाे समयदेखि युवाहरूका मुद्दामा सक्रिय रहँदै आएका छन् ।

आयाेनमा विभिन्न भूमिका निर्वाह गरिसकेका राईले अब देशभरका युवा क्लवहरूलाई थप प्रभावकारी बनाउने गरि आफूले काम गर्ने बताए । आयाेन दशभर रहेका युवा संघसंस्थाहरूकाे केन्द्रीय नेटवर्क हाे । आयाेनले युवाका सवालमा लामाे समयदेखि आवाज उठाउँदै र विभिन्न गतिविधि गर्दै आएकाे छ ।

प्रतिक्रिया