

आगामी चुनावमा नेपाली कांग्रेसलाई कसैले रोक्न सक्दैनः प्रवक्ता महत

काठमाडाैँ – नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा.प्रकाश शरण महतले आगामी निर्वाचनमा नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । नुवाकोटको ककनीमा स्थानीय तह निर्वाचन २०७९ केन्द्रित “घर घर जाऔं,कांग्रेस जिताऔं” अभियान अन्तरगत प्रदेश क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रममो समुद्घाटन समारोहलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले नेपाली कांग्रेसका पालामा सडक,सिचाई, खानेपानी,विद्युतीकरण जस्ता पूर्वाधार विकासको अभियान तीव्र भएको स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि धेरै काम भएकोले तिनलाई मतदाताको बीचमा स्मरण गराउन पनि आग्रह गरे ।
पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री रहेका डा.महतले यो अभियानलाई आम नागरिकसंग दोहोरो सम्बादको रुपमा सञ्चालन गर्न पनि अनुरोध गरे । यो अभियानका क्रममा नागरिकहरुको चाहना र आवश्यकताको बारेमा पनि जानकारी लिन उनले आग्रह गरे ।

