एकै परिवारको ५ जनाको ‘कार्बन पोइजनिङ’ बाट मृत्यु भएको आशंका


ललितपुर – नल्लुमा एकै परिवारको मृत्युको कारण ‘कार्बनको विष’ भएको आशंकासहित प्रहरीले अनुसन्धान बढाएको छ । कोञ्ज्योसोम गाउँपालिका ४ स्थित शुभ स्याङतानको परिवारका पाँचजना सदस्यको मृत्यु भएको घटनाबारे अनुसन्धानका क्रममा ‘कार्बन पोइजनिङ’ को आशंका गरिएको हो ।

घरमा सुत्केरी भएकाले न्यानो राख्न आगो बालिएको र धुँवा बाहिर जान नसकेको हुनसक्ने अनुसन्धानको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । धुँवा बाहिर ननिस्कँदा कार्बन पोइजनिङ भएको हुनसक्ने बुझिएको छ ।

घटनामा मृत्यु हुनेहरुमा ५५ वर्षीया काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीया शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान र २ दिनको बालक छन् । घटनास्थलमा गम्भीर घाइते भएका शुभ स्याङतानको उपचार भइरहेको छ ।

प्रतिक्रिया