भन्सार छलिका सामान बरामद


काठमाडाैं – काठमाडाैं महानगरपालिका कलंकी ढुङ्गेअड्डाबाट भन्सार छली गरेका सामानहरु बरामद भएकाे छ। गोप्य सूचनाको आधारमा आज साेमबार चेकजाँच गर्ने क्रममा छ लाख असी हजार बराबरको सामान बरामद गरिएकाे महानगरीय प्रहरी बृत्त कालिमाटीले जनाएकाे छ ।

प्रहरीले चेकजाँच गर्ने क्रममा नोभा शुद्ध घ्यु. १० कार्टुन (१५२प्याकेट), अमुल चिज. ४ कार्टुन ( ६० प्याकेट), अमुल बटर. ११ कार्टुन (३९० प्याकेट), अमुल फ्रेस क्रिम. ४ कार्टुन (१२८ प्याकेट), कोट कपडा. थान – १५ ( १६७.५५ मिटर), कुर्था सुरुवाल. थान – ७२ वटा भन्सार छली गरेका सामानहरु बरामद गरेकाे हाे ।

बरामद गरिएका सामानहरु अवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया