प्रहरीद्वारा युट्युबर पक्राउ, ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौं – भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एक युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘स्लेब नेपाल’ युट्युब च्यानल संचालक राहुल थापा छन् । अभिनेत्री रेखा थापाको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको ब्यूरोले जनाएकाे छ ।

रेखाले राहुलसहित ३ जनाविरुद्ध आफ्नो बारेमा भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । उनको उजुरपछि ब्यूरोले प्रेश काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्ता सम्बन्धी विवरण मागेको थियो ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर नायिका थापाबारे युट्युव च्यानलले सामाग्री प्रशारण गरेका थिए । राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया