दुई तिहाइको सरकार हुँदा समेत ओलीले एमसिसी अगाडि बढाउन सकेनन् : महामन्त्री शर्मा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई तिहाइ नजिकको शक्ति हुँदा समेत केपी शर्मा ओलीले एमसिसी संसद्‌बाट अगाडि बढाउन नसकेको आरोप लगाएका छन्।

कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘निर्वाचन मुखमा छ। देशलाई समृद्धिको बाटोमा लैजान कांग्रेसले एक पटक होइन तीनपटक विजयी हुनेगरी जानुपर्छ। त्यो दल पनि कांग्रेस नै हो।’

हालसम्म जति बलियो प्रधानमन्त्री भए पनि ५ वर्ष कसैले नेतृत्व गर्न नसकेको बताए। आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने प्रष्ट भएकाले बहुमतको सरकार किन टिक्न सक्दैनन् भन्नेबारेमा सचेत हुनेपर्ने औँल्याए।

महामन्त्री शर्माले भने, ‘ओलीले एमसिसी संसद्‌मा दर्ता गराए। प्रचण्ड, माधव नेपाल, सभामुख र दुई तिहाइ पनि थियो। साथ दिने प्रतिपक्षी दल कांग्रेस पनि थियो‚ ओली लत्रिए‚ सकेनन्। २३ सिट जितेको दलका नेता देउवाले एमसिसी लग्दै गर्दा अरू कोही थिएनन् तर पास भयो।

नेपाली कांग्रेसले बहुमत प्राप्त गरेपछि देश र जनताको पक्षमा काम गर्न सक्ने उदाहरण दिएको उनको भनाइ छ।

प्रतिक्रिया