गौसेवा आश्रममा आगलागी, दश लाख बराबरकाे क्षति


सप्तरी – सप्तरीकाे रुपनी गाउँपालिका-१ शास्त्रीनगरमा रहेकाे एक गाैसेवा आश्रममा आगलागी भएकाे छ ।

पण्डित रामकुमार शास्त्रीले सञ्चालन गर्दै आउनु भएकाे शास्त्री गौसेवा आश्रममा आगलागी हुँदा दश लाख रुपैयाँ बराबरकाे क्षति भएकाे हाे।

गएराति भएकाे आगलागीबाट एउटा भवनमा पूर्णरुपमा क्षति पुगेकाेे प्रहरीले जनाएकाे छ। आगलागीबाट मानवीय तथा पशु चाैपायामा भने क्षति नपुगेकाे पण्डित शास्त्रीले जानकारी दिए।

आगलागीकाे घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गाैशालामा झन्डै एक दर्जन गाई पालिएकाे छ ।

प्रतिक्रिया