युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरी हुँदै नेपाल फर्किन आग्रह

हालसम्म दूतावासकाे सम्पर्कमा १९३ जना नेपाली


काठमाडौं – युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड तथा हंगेरीतर्फ जान आग्रह गरिएको छ । वर्लिनस्थित नेपाली राजदूतावासले स्लोभाकिया, पोल्यान्ड तथा हंगेरीको सीमा खुला भएकाले त्यसतर्फ जान दूतावासले आग्रह गरेको हो ।

दूतावासले मानवीयताको आधारमा स्लोभाकिया, पोल्यान्ड र हंगेरीले युक्रेनमा फसेका विदेशी नागरिकका लागि सीमा खुला गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सम्पर्कका आएका नेपालीलाई सुरक्षित तवरले नेपाल फर्कन युक्रेन छोड्न र कुनै समस्या आए दूतावासलाई वा एनआरएनएलाई खबर गर्न पनि सुझाव दिइएको छ । दूतावासले हालसम्म युक्रेनमा १९३ जना नेपाली सम्पर्कमा आएको जानकारी दिएको छ ।

प्रतिक्रिया