बादल झुक्किएर ओली कहाँ पुगेः प्रचण्ड


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको बताएका छन् ।

संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव समूहले बोलाएको छुट्टा छुट्टै केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित भए पनि बिहीबार ओली पक्षलाई साथ दिन पुगेका थिए ।

प्रचण्ड पक्षले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बादलका बारे प्रचण्डले भने, ‘झुक्किएर उता पुग्नु भएको होला, उहाँ यता आउनुहुन्छ ।’

प्रतिक्रिया