युक्रेनमा रसियाका ४५० सैनिक मारिएको बेलायती रक्षामन्त्रीको दाबी


लण्डन – बेलायतका रक्षामन्त्री बेन वालेसले रसियाका ४५० जना सैनिक मारिएको दाबी गरेका छन् । स्काइ न्युजसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।

‘रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनभरि आक्रमण गर्न चाहेको हामीलाई लागेको छ । तर रुस धेरै पछाडि छ,’ उनले भने ।

उनले रसियाले युक्रेनको एउटा विमानस्थललाई कब्जामा लिने प्रयास गरेपनि असफल रहेको दाबी गरे । ‘रुसका ठूल्ठूला दाबीहरु गलत सावित हुँदैछ ।

पुटिनलाई लाग्थ्यो युक्रेनका जनताले साथ दिन्छन् । तर आम जनता रसियाको विरोधमा उत्रिएका छन्,’ उनले भने । उनले रसियाको सैनिक कारबाही बिफल हुँदै गएको दाबी गरे ।

बेलायतले युक्रेन मामिलामा हस्तक्षेप गरेपछि रसियाले ब्रिटिस एयरलायन्सका विमानहरुलाई रसियामा अवतरण गर्न बन्देज लगाएको छ । यति मात्र होइन, ती जहाजहरुलाई रसियाको भूमि समेत प्रयोग गर्न नदिने बताइएको छ ।

प्रतिक्रिया