युक्रेनकाे दाबी- ४ हजार ३ सय रुसीकाे मृत्यु


काठमाडाैं – युक्रेनकी उपरक्षामन्त्रीले रुससँगकाे युद्धमा अहिलेसम्म ज्यान गुमाएका व्यक्ति र क्षतिकाे एक अनुमानित तथ्याङ्क सार्वजनिक गरेका छन् । युक्रेनी सेनाले अहिलेसम्म रुसलाई टक्कर दिएकाे उनले बताएका छन् ।

उपरक्षामन्त्री हाना माल्एरले याे तथ्याङ्क सङ्घर्ष सुरु हुँदाकाे सुरुवाती तीन दिनकाे रहेकाे र यसमा परिवर्तन हुन सक्ने सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

युक्रेनले सार्वजनिक गरेकाे अनुमानित तथ्याङ्कअनुसार अहिलेसम्म चार हजार तीन सय रुसी सेनाकाे ज्यान गएकाे दाबी गरिएकाे छ ।

यस्तै रुसतर्फ २७ विमान, २६ हेलिकप्टर, एक सय ४६ ट्याङ्क, सात सय ६ सशस्त्र गाडी, ४९ ताेप, एक हवाई रक्षा प्रणाली, चार रकेट प्रहार प्रणाली, ३० गाडी, ६० ट्याङ्कर, दुई ड्रोन र दुई डुङ्गामा क्षति पुगकाे जनाइएकाे छ ।

यस्तै युक्रेन सरकारले रुससँगकाे युद्धमा अहिलेसम्म दुई सय १० जनाभन्दा धेरै युक्रेनी नागरिककाे ज्यान गएकाे र ११ सय जनाभन्दा धेरै घाइते भएकाे जनाएकाे छ । बीबीसी

प्रतिक्रिया