

नेकपा माओवादी केन्द्र आन्तरिक छलफमा व्यस्त

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व-स्थायी कमिटी सदस्यहरूलाई छलफलका लागि आफ्नै निवास खुमलटारमा बोलाएका छन् । एमसीसी र सत्ता गठबन्धनका विषयमा छलफल गर्नका लागि उनले बैठक बोलाएका हुन्।
अमेरीकी सहयोग मिलिनियन च्यालेन्ज कर्पौरेसन्स सम्झौताकाे विपक्षमा रहेको उक्त पार्टीले पछिल्लो समय सरकारबाट बाहीरीने तयारी गरेको छ । एमसीसी सम्झौता संसदबाट पारित गराउन नहुने पक्षमा अडान लिएका कारण सत्ता गठबन्धनमा उत्पन्न परिस्थिति र एमसीसी लगायत विषयमा छलफल गर्न स्थायी कमीटी सदस्यहरुलाई बोलाएका हुन् ।
अहिले प्रचण्ड निवास खुमलटारमा छलफल जारी रहेको बैठकमा सहभागी हुन गएका एक नेताले बताए।

