
लोकन्थलीमा २२ वर्षीया युवती मृत फेला
काठमाडौँ – भक्तपुरको लोकन्थलीमा २२ वर्षीया एक युवती मृत फेला परेकी छन्। मध्यपुरठिंमी नगरपालिका–१ लोकन्थली मनहरास्थित योगेश फुयालको घरमा डेरा गरी बस्ने २२ वर्षीया सृजना बिक मृत फेला परेकी हुन्।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका २ घर भएकी बिक फुयालको जस्ताको टहरामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्।
टहराभित्र फलामको बलोमा सलको पासोमा झुण्डिएको अवस्थामा बिहीबार दिउँसो उनको शव फेला पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।



कागजपत्र |
