एमालेले आज पनि संसद्‍मा अवरोध गर्ने


काठमाडौं – प्रतिनिधिसभा संसदको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राख्ने भएको छ।

अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल गर्न बिहीवार दिउँसो १ बजे बस्ने बैठकमा पनि अवरोध कायमै रहने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

आफ्नाे मागको सम्बोधन नभएसम्म अडान यथावत् रहने उनको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर संसद खुलाउनदेखि एमसिसीमा सहयोग समेत आग्रह गरिसकेका छन्। तर, एमालेले माधव नेपालसहित १४ सांसद कारवाही वा सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन नभएसम्म कुनै विषयमा छलफल नगर्ने अडान राखेको छ।

प्रतिक्रिया