सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं – नेपाली बजारमा आज(सोमबार) प्रतितोला सुनको मूल्य ४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार हिजो आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (सोमबार) ९६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
आज तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको सुनको मूल्य ९६ हजार १०० रुपैयाँ तोकिएको थियो । यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोलामा ५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला १३०५ रुपैयाँ रहेको चाँदीको प्रतितोला मूल्य आज १३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।