देउवा–प्रचण्ड भेट, सहमति हुन नसकेपछि गठबन्धन बैठक धकेलियो


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान भेटवार्ता भएको छ ।

एमसीसीबारे निर्णय लिनका लागि घोषित सत्तारुढ गठबन्धनको बैठक बस्नु अघि दुई शीर्ष नेताबीच छलफल भएको हो ।

बिहानको भेटमा देउवा र दाहालबीच छलफल भए पनि कुनै सहमति भने हुन नसकेको जनाइएको छ ।

दुई शीर्ष नेताबीच सहमति नभएपछि दिउँसो ३ बजेका लागि बोलाइएको गठबन्धन बैठक २ घन्टापछाडिका लागि सारिएको जनाइएको छ ।

प्रतिक्रिया