देउवा–प्रचण्ड भेटवार्ता, पौडेल संयोजक रहेको समितिको बैठक बस्दै


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार भेटवार्ता भएको छ।

सोमबार बिहान बालुवाटारमा भएको दुई शीर्ष नेताको भेटवार्तामा माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र आउँदो स्थानिय तहको निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ।

देउवा र प्रचण्डको छलफलपछि सरकार सञ्चालन तथा समन्वय समितिको बैठक बस्ने भएको छ। पाँच दलीय गठबन्धनले सरकार सञ्चालनका लागि कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्र बनाएको थियो।

यसअघि पनि बसेको यो संयन्त्रको बैठकमा नेता पौडेलले सरकारलाई गति दिने योजनासहित एक प्रस्ताव पेश गरेका थिए।

१० दिनअघि कोरोना संक्रमण पुृष्टि भएपछि राजनितिक भेटघाट बन्द गरेका प्रचण्डले रिपोर्ट नेगेटिभ आएसँगै आजबाट भेटघाट सुरु गरेका हुन्। उनी सोमबार बिहानै प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए।

प्रतिक्रिया