
मूल्य बढाउन उद्योगीले बजारमा पठाएनन् चिनी
काठमाडौं – दुई दिनदेखि उद्योगीले बजारमा चिनी नपठाएको होलसेल व्यापारीहरुले बताएका छन् ।
होलसेल मूल्य बढाउन उद्योगीले चिनी बिक्री रोकेका छन् र दुई दिनदेखि बजारमा चिनी नपठाएको होलसेल व्यापारीहरुले बताएका छन् । चिनीको नयाँ बिक्री मूल्य तोक्न र चिनी बजारमा पठाउन गरिएको आग्रह उद्योगीहरुले नमानेको एक व्यापारीले बताए ।
उद्योगले पुरानो चिनी होलसेललाई प्रतिकिलो ८६ रुपैयाँमा बिक्री गर्ने गरेकोमा अब नयाँ चिनीको मूल्य सोभन्दा बढी हुने भन्दै उद्योगीले ब्ल्याकमेलिङ गर्न थालेको व्यापारीहरुको भनाई छ ।
चिनीको बिक्रीमा विभिन्न खाले समस्या रहेको गुनासो पछि आज मात्रै नेपाल चिनी उद्योग संघलाई चिनीको आपूर्ति व्यवस्था र लागतको सम्पूर्ण विवरण माग गर्दै पत्र काटेको विभागले जनाएको छ ।



कागजपत्र |
