बानेश्वरमा प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा


काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरुद्धमा सडकमा उत्रेका प्रदर्शनकारीहरु माथि अश्रुग्यास र पानीको फोहोरा प्रहार भएको छ ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरिएको हो ।

माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको छ । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन् ।

एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् ।

प्रतिक्रिया