बलात्कार अभियोगमा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी!


काठमाडौं – बलात्कार अभियोगमा नेकपा एमालेका सांसद मोहन बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। एक शिक्षिकालाई बलात्कार गरेको अभियोगमा बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

पूर्वमन्त्रीसमेत रहेका बाँनियाले जुम्ला घर भएकी एक शिक्षिकालाई नेपालगञ्जस्थित होटल अप्सरामा लगेर बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा १० दिने मन्त्री बनेका थिए बानियाँ। बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने गरी मन्त्री बनाइएको थियो।

पक्राउ पुर्जीको सूचना लिक भएपछि सांसद बानियाँ फरार भएका छन्।

जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सभामुखलाई पक्राउ पुर्जी जारी भएको कुरा जानकारी गराउनुपर्ने हुन्छ। सोहीअनुसार बाँके प्रहरीले सभामुख र प्रहरी प्रधान कार्यालयलाई जानकारी गराइसकेको छ।

२५ लाख रुपैयाँको चेक लिन भन्दै होटलमा बोलाएर ती शिक्षिकलाई बान्यिाँले बलात्कार गरेको आरोप छ। प्रहरीमा दिएको जाहेरीमा आफूलाई दिनुपर्ने उक्त रकम नदिई बलात्कार गरेको ती शिक्षिकाको दाबी छ।

सिसिटिभी फूटेज अनुसार उनीहरु दुबै जना विहान ८ बजे होटलबाट बाहिर निस्किएका थिए। मुगुका सांसद रहेका बानियाँले होटलको कोठा भने आफ्ना बडिगार्डको नाममा बुक गराएका थिए।

प्रतिक्रिया