


गोरखाको नाम्जुङमा ८ घरसहित एक विद्यालयमा चोरी

काठमाडौं – गएराति गोरखाको शहिदलखन गाउँपालिका–९ नाम्जुङमा चोरी भएको छ। ८ घरसहित एक विद्यालयमा चोरी भएको हो।
चोरले ८ वटा घर र एक विद्यालय तोडफोड गरी नगद, गरगहनासहित अन्य सामान समेत लगेका बताइएको छ।
यता जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी शेखर खनालले नाम्जुङको विभिन्न टोलमा एकैरातमा ४÷५ वटा घरको ताल्चा फुटाइएको बताए। उनका अनुसार एउटा घरबाट तिलहरी मात्र चोरी भएको खबर आएको छ।
तर, स्थानीय रमेश लामिछानेका अनुसार चोरले नगद र गरगहना चोरेको छ। चोरले स्थानीयको नगद र गरगहना चोरेपछि स्थानीय त्रसित बनेका छन्।
अहिले प्रहरी घटनास्थलमा पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

