
फागुनभित्रै सबै संगठनका तदर्थ समिति गठन गरिन्छः कांग्रेस प्रवक्ता डा. महत
काठमाडौं – नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेसँगै फागुनभित्र तदर्थसमिति गठन गर्ने भएको छ ।
सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।
बैठकबाट नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको हो ।
योसँगै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृसंस्थाका पदाधिकारीहरू पनि भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएका छन् ।
बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधानसमेत पारित गरेको छ । विधान पारित भएसँगै नेपाल विद्यार्थी संघमा अब ३२ वर्षे उमेर हद लागु भएको छ । त्यस्तै तरुण दलमा ४५ वर्षको उमेर हद लगाइएको छ ।



कागजपत्र |
