हराएर भेटिएका २४ मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण


काठमाडौं – महानगरीय प्रहरी परिसर भक्तपुरले २४ वटा मूर्ति पुरातत्व विभागलाई बुझाएको छ। भक्तपुरका विभिन्न स्थानबाट फेला पारेका पुरातात्विक महत्वका मूर्तिहरू आज विभागका संरक्षण अधिकृत सविता न्यौपानेलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।

चारवटा काठका मूर्ति १२ वटा ढुंगाको मूर्ति चार वटा ढलोटको मूर्ति, माटोको मूर्ति फलामको मूर्ति र क्रिष्टलको मूर्ति एक-एक वटा हस्तान्तरण गरिएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। उनका अनुसार एउटा चाँदीको थालसमेत हस्तान्तरण गरिएको छ।

प्रहरीले विभिन्न समयमा भेट्टाएका ती मूर्तिहरू २५ वर्ष पुराना पनि रहेको प्रवक्ता पाण्डेले बताए। ‘हामीले विभिन्न समयमा भेट्टाएका मूर्तिहरू संकलन गरेर संरक्षणकर्ता ( विभाग) लाई जिम्मा लगाएका हौं’, पाण्डेले भने, ‘यसमा ऐतिहासिक र पुरात्वात्विक महत्वका पनि छन्।

प्रतिक्रिया