स्कुल बस दुर्घटना हुँदा १० विद्यार्थी घाइते, चालकले ठूलो दुर्घटना हुनबाट जोगाए


बुटवल- बुटवलमा स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगरमा एभरेस्ट बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको हो।

लु १ क ५४४ नम्बरको बस ज्योतिनगरको ओरालोमा ब्रेक फेल भएर दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

बसको ब्रेक भएपछि बसका चालक कृष्ण पुनले रूखमा लगेर अडाएर ठूलो दुर्घटना हुनबाट जोगाएको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते विद्यार्थीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। उनीहरु सबै खतरामुक्त छन्।

प्रतिक्रिया