११ दिनअघि हिउँ खेल्न गएका दुई किशोरको भेटियो शव


काठमाडाैँ-  ११ दिनदेखि बेपत्ता गोरखाका दुई किशोरको शव फेला परेको छ। हिउँ खेल्न भनेर गएका बारपाकका १६ वर्षीय करण घले र १६ वर्षकै साहिँला घलेको शव फेला परेको हो।

स्थानीयबासी र प्रहरीको टोलीले आइतबार बारपाकको भुनेखर्क भन्ने ठाउँमा उनीहरुको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। उनीहरु गएको माघ २० गते हिउँखेल्न भन्दै घरबाट निस्किएका थिए। बेपत्ता भएदेखि नै आफन्तले उनीहरुको खोजी सुरु गरेका थिए।

पैदल बाटोबाट करिब एक सय फिट तल अप्ठ्यारो ठाउँमा खसेको अवस्थामा उनीहरुको शव फेला परेको हो। हिउँले पुरिएको शव हिउँ पग्लिँदै गएपछि देखिएको प्रहरीले जनाएको छ। सँगै हिउँ हेल्ने क्रममा चिप्लिएर लड्दा उनीहरुको मृत्यु भएको अनुमान स्थानीयले गरेका छन्।

प्रतिक्रिया