प्रधानन्यायाधीशविरुद्ध महाभियोगले नेपाली राजनीतिमा तरंग : आज सर्वदलीय बैठक बस्दै


काठमाडाैँ – सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनका प्रेम विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरूले आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ।

सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो महाभियोगका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ हुन्। यस्तै समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद छन्।यता सोमबार बोलाइएको प्रतिनिधि सभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ।

प्रतिक्रिया