माछा मार्ने क्रममा करेन्ट लागेर बराइलीको मृत्यु


झापा – मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका सुगम टोल निवासी ५० वर्षीय मानबहादुर बराइली रहेको मेचीनगर-१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए ।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज साँझा करेन्ट लागेर उनको निधन भएको हो । सो घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीलाई जानकारी गराइसकिएको उनले बताए ।

प्रतिक्रिया