नेपाली कांग्रेस : केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ। कार्यसम्पादन समितिका सदस्यहरु बोल्नेक्रम नसकिएकाले आइतबार पनि बैठक बस्न लागेको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार (फागुन १) गते दिउँसो २ बजे बैठक बस्ने जानकारी दिएका छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक माघ २७ गतेदेखि जारी छ।

शुक्रबारको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया