सेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक २८ सय ०१.५६ विन्दुमा


काठमाडौं – आज साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेको छ ।

नेप्से ०.४३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ५२७.२८ विन्दुमा झरेको छ । कारोबारमा आएका कूल २२७ वटा कम्पनीको ६९ लाख ५० हजार ८ सय ३८ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३ सय ५० रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको शेयर घटेको छ ।आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । २५ करोड ४८ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडको शेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ४ प्रतिशतले घटेर एक हजार ६ सय ५६ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया