ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको महत्वपूर्ण जित


काठमाडाैँ –  इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि २–० को महत्वपूर्ण जित हात पारेको छ। यो जितसँगै लिगको शीर्षस्थानमा रहेको सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँगको अंकदुरी १२ अंकमा पुर्‍याएको छ।

खेलको ४० औं मिनेटमा रियाद महरेजले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ६९ औं मिनेटमा केभिन डि ब्रुयनले गोल थप्दै अग्रता दोब्बर पारे। खेलमा थप गोल हुन सकेन र सिटी २–० ले विजयी भयो। यससँगै म्यानचेस्टर सिटीले २४ खेलबाट ६० अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको लिभरपुलले २२ खेलबाट ४८ अंक हात पारेको छ।

प्रतिक्रिया