टोटनह्याममाथि साउथापम्टनको रोमाञ्चक जित


काठमाडाैँ – इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा टोटनह्याम हटस्परमाथि साउथाम्टनले रोमाञ्चक जित हात पारेको छ। खेलको १८ औं मिनेटमा आत्मघाती गोलको माध्यमबाट अग्रता लिएको टोटनह्यामको अग्रता ५ मिनेटसम्म पनि टिक्न सकेन।

पहिलो हाफ १–१ मा सकिएको खेलको ७० औं मिनेटमा पुनः टोटनह्यामले अर्को गोल थप्दै अग्रता लिएको थियो।तर, त्यसको ९ मिनेटपछि साउथाम्टनले गोल गर्दै खेललाई २–२ बराबरीमा ल्याएको थियो। त्यसको ३ मिनेटपछि पुनः अर्को गोल थप्दै खेल आफ्नो पक्षमा पारेको हो।

यससँगै साउथाम्पटनले २३ खेलबाट २८ अंक हात पारेको छ। साउथाम्पटन लिगको १० औं स्थानमा उक्लिएको छ।

प्रतिक्रिया