रावा इनर्जी डेभलपमेन्ट लिमिटेडकाे आईपीओ खुल्दै


काठमाडौं – रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले तीन लाख ९९ हजार कित्ता बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले हाल कायम आफ्नो २० करोड जारी पुँजी मध्ये १० प्रतिशत अर्थात् २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर स्थानिय प्रभावितलाई र बाँकी १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता सेयर कर्मचारी तथा सामूहिक लगानी कोष र सर्वसाधारणलाई छुट्याउन लागेको हो ।

सोही आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि कम्पनीले बुधबार प्रभु क्यापिटललाई छनोट गरेको छ । उक्त सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष बद्री प्रसाद गौतम र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

बिक्री प्रबन्धक छनोट गरेपनि कहिले आईपीओ निष्काशन गर्ने भन्ने चाहिँ कम्पनीले खुलाएको छैन । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरीरहेको छ । ३ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया