
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौं – बुद्धभूमि नेपाल हाइड्रोपावरले आज (सोमबार) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन खुला गरेको हो।
यसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता म्युचुअल फन्ड र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिमा सबै सेयर बिक्री नभएमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।



कागजपत्र |
