जापानमा नेपाली महिला कामदारको माग, मासिक डेढ लाख बढी


काठमाडौं – जापानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । जापान सहरमा रहेको social welfare corporation tokoen कम्पनीले ३ जना नेपाली महिला कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ। कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले मासिक तलब १ लाख ५० हजार बढि पाउनेछ । खान बस्नको व्यवस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले लिङक इनटरनेशनल प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा फागुन २ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

प्रतिक्रिया