इजरायल जाने कामदारको छनोटका लागि छानबिन समिति गठन


काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जाने नेपाली कामदारको छनोट प्रक्रिया विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको छ ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरूको छनोट प्रक्रियामा पेस भएका कागजातबारे विभिन्न प्रश्न उठेपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्द प्रसाद रिजालका अनुसार छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो ।

नेपाल र इजरायलबिच ‘जी टु जी’ प्रक्रियाबाट हुने छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको पनि प्रवक्ता रिजालले प्रस्ट पारेका छन् ।

प्रतिक्रिया