

कोरोनाको नियम उल्लघंन गर्दै पार्टी गर्ने चर्चित हस्तीहरु पक्राउ


मुम्बइ । महाराष्ट्रको मुम्बइमा कोरोना नियमको उल्लंघन गर्दै मुम्बइको एक क्लवमा पार्टी गरिरहेका करिब ३४ जनालाई पुलिसले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैयौं चर्चित हस्तीहरु भएको बताइएको छ ।
पछिल्लो समय कोभिडका कारण पार्टी गर्नेहरुमाथि प्रशासनले कारवाही गर्दै आएको छ । क्रिकेटर सुरेश रैना, गायक गुरु रन्धावा समेत पक्राउ परेका थिए तर सुरेश रैना र गुरु रन्धावालाई पछि जमानतमा छोडिएको बताइएको छ । केही महिलाहरु पनि पक्राउ परेको बताइएपनि उनीहरुबारे जानकारी दिइएको छैन ।
मुम्बइ एयरपोर्ट नजिकै जेडब्लु मेरियट होटलको क्लवमा कोरोना नियमको उल्लंघन गर्दै पार्टी भइरहेको थियो ।

