

नेकपा प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाललाई अध्यक्ष मनोनयन गरिने

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड समूहको केन्द्रीय कमिटीको बैठक थापाथलीमा सुरु भएको छ।
नेकपा स्थायी समितिको निर्णयअनुसार केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव गरेको थियो। बैठकले माधवकुमार नेपाललाई अध्यक्षमा मनोनयन गर्ने तयारी गरेको छ।

