लोकसेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्चको परमादेश


काठमाडौं – लोकसेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतले लोकसेवा आयोगका नाममा परमादेश जारी गरेको छ ।

लामो समय सुनुवाइ गरी बुधबार जारी भएको परमादेशमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न परमादेश जारी गरेको हो ।

परमादेशमा भनिएको छ, ‘परीक्षाफल रोक्न लोक सेवा आयोगलाई अनुरोध गरी पठाउने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०७८ भदौ ३ मा भएको निर्णय र पत्राचार तथा तदअनुरुप लोक सेवा आयोगबाट विज्ञापित पदको अन्तिम नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम कारबाही समेत उप्रेषणको आदेशद्वारा बदर हुने र स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल प्रकाशन गर्ने समेतका कार्यहरू यथाशीघ्र गर्नु गराउनु भनी विपक्षी लोकसेवा आयोगको नाउँमा परमादेश जारी हुने ठहर्छ ।’

प्रतिक्रिया