लोक सेवाअन्तर्गत तोकिएका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित


काठमाडौं – लोकसेवा आयोगका निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन् । सर्वोच्च अदालतबाट गत २६ माघको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको छ।

आगामी फागुन १३ गते २०७९ बैशाख १ सम्म शाखा अधिकृत वा सो सरह (प्राविधिक) का परीक्षा तोकिएको थियो। त्यस्तै २०७९ बैशाख २ देखि १४ सम्म स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहको परीक्षा तोकिएको थियो।

आयोगका अनुसार फागुन २८ मा संयुक्त र एकीकृत सेवातर्फ नायब सुब्बा वा सो सरह(अप्राविधिक)को प्रथम चरण र २०७९ बैशाख ५ देखि बैशाख ९ सम्म द्वितीय चरणको परीक्षा तालिका तोकिएको थियो।

प्रतिक्रिया