पत्नीको हत्यापछि घरभित्रै खाडल खनेर शव गाढेर भागेका पति पक्राउ


काठमाडौँ – धनकुटा नगरपालिका ४ छाराका एक व्यक्तिले आफ्नी पत्नीको हत्यापछि घरभित्रै खाडल खनेर शव गाडेको खुलेको छ। श्रीमतीको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

धनकुटा ४ छाराका ५२ वर्षीया सीता श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले उनका पति ५२ वर्षीय सीताकुमार श्रेष्ठलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार सीता पुस १६ गतेदेखि बेपत्ता थिइन्। घरायसी विवाद भएपछि उनी घरबाट बेपत्ता भएको भन्ने जानकारी आफन्तले प्रहरीलाई दिएका थिए।

पत्नी बेपत्ता भएको तीन दिनपछि सीताकुमार पनि बेपत्ता भएका थिए। दुबै बेपत्ता भएपछि भदाहा नाता पर्नेले प्रहरीमा हुलियासहितको उजुरी दिएका थिए। ‍

प्रहरीले आइतबार ललितपुरको बाँडेगाउँबाट सीताकुमारलाई पक्राउ गरेको थियो। प्रहरीले धनकुटा लगेर उनीमाथि सोधपुछ गर्दा आफैंले श्रीमतीको हत्या गरेको बयान दिएका छन्। हत्यापछि घरभित्रै भुइँमा खाडल खनेर गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको छ।

घरायसी विवादमा कुटपिट गर्दा ज्यान गएपछि घरभित्रै पत्नीको शव गाडिदिएको बयान सीतारामले दिएका छन्।

प्रतिक्रिया