उपचारपछि स्वदेश फर्किए नेता पुन


काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन्। करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्य लाभ गरी माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यसमेत रहेका पुन सोमबार नेपाल फिर्ता भएका हुन्।

हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गाे विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उनीकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्किएका छन्।

क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन्। पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो। यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा पनि उपचार गरिएको थियो।

प्रतिक्रिया