
वर्षमान आएपछि मात्रै पदाधिकारी चयन गरिन्छ : प्रचण्ड
काठमाडौँ – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता वर्षमान पुन चीनबाट सोमबार फर्किएपछि पदाधिकारी चयन गरिने बताएका छन्। गत पुस ११ देखि १५ सम्म भएको आठौं महाधिवेशन अध्यक्ष र केन्द्रीय समिति सदस्य मात्रै चयन गरेर सकिएको थियो।
यस्तोमा महासचिवसहितका पदाधिकारीहरु एकजना नेता वर्षमान पुन गम्भीर प्रकृतिको जण्डिसको उपचारका लागि चीनमा रहेकाले रोकिएको थियो। महासचिवका प्रवल दाबेदार पुन चीनमै रहेपछि अध्यक्षबाहेकका पदाधिकारी नछानी सकिएको माओवादी महाधिवेशनले सबै केन्द्रीय सदस्य पनि चयन गरेको थिएन।
यस्तोमा शनिबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनन्त सोमबार अपरान्ह ५ बजे चीनबाट काठमाडौं आइपुग्ने जानकारी गराएका थिए।
पुन नेपाल आएपछि पार्टी महाधिवेशनले टुंग्याउन बाँकी काम पनि पूरा गर्ने ब्रिफिङ उनले बैठकमा गरेका छन्। ‘वर्षमानजी सोमबार ५ बजेपछि उपचार गरेर नेपाल आइपुग्दै हुनुहुन्छु,’ प्रचण्डले बैठकमा भने, ‘उहाँ आइसकेपछि पदाधिकारी चयनसहितका बाँकी अरु प्रक्रिया पनि सुरु हुन्छ।’



कागजपत्र |
